राष्ट्रियसभा सदस्यका लागि सिटौलाले दर्ता गराए उम्मेदवारी

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्