कामना सेवा विकास बैंकद्वारा डस्टबिन हस्तान्तरण

काठमाडौं, २२ पुस । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थानडस्टबिन हस्तान्तरण गर्नुकासाथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाई उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमासमेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।

 

प्रतिक्रिया दिनुहोस्