जसपाले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने

, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (कंं) मा पराजित भएकी थिइन् । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुन् । राष्ट्रियसचाको निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्