सरकार र प्रमुख दलले राम्रो काम गरेका छैनन् : प्रथम राष्ट्रपति डा. यादव

काठमाडौं २१, पौष । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिलेको सरकार र प्रमुख पार्टीहरुले राम्रो काम नगरे पनि कोर्स करेक्सन हुने आशा गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले प्रजातान्त्रिक संविधान बनेको र मुलुकमा लोकतान्त्रिक संविधान रहेकाले आशावादी हुनुपर्ने धारणा राखेका हुन् ।

निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरु पार्टीहरुले राम्रो गरेनन् । राम्रो गर्नुपर्ने हो, तर गर्न सकिरहेका छैनन् । हामी सबै नागरिक एउटा बाटोमा छौं । प्रजातान्त्रिक संविधान छ, जो संविधानले नेपाली जनताको यो देशको अस्तित्व बचाएर अगाडिको बाटो देखाएको छ । आसा छोड्नु हँुदैन निरन्तर खवरदारी जारी राख्नु पर्छ ।

देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय रहेको र धेरै मानिस विदेश गइरहेको भन्दै यादवले भने, ‘‘कोर्स करेक्सन हुन्छ भन्ने आशा गरौं । हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी अत्यतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौं । यसैमा सबै नेपालीको भलाई छ ।

प्रतिक्रिया दिनुहोस्