शोकमा बरहथवामा, निषेधित क्षेत्रमा प्रदर्शन

काठमाडौं २१, पौष । सर्लाहीको बरहथवामा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका युवकको शव आज दिउँसो सम्म उठ्न सकेको छैन ।

लामो समयदेखि अस्पताललाई प्रादेशिक अस्पताल बनाउनु पर्ने माग गर्दै नेपाली काङ्ग्रेस सहित पाँच दल आन्दोलनमा होमिएपछि शुक्रबार आन्दोलनको क्रममा स्थानीय २८ वर्षीय जय शङकर साहको प्रहरीको गोली लागेर ज्यान गएपछि बरहथवा आज दोस्रो दिन पनि अशान्त छन् ।

आन्दोलनको क्रममा गाउँको निर्दोष ब्यक्ति अनाहकमा प्रहरीको गोली लागेर ज्यान गएपछि मृतक परिवार सहित पाँच दलित गठबन्धनका नेताहरू आज दोस्रो दिन पनि स्थानीय प्रशासनले जारी गरेको निषेधित तोडेर टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

अस्पताल माग गर्दै जारी आन्दोलनको क्रममा ज्यान गुमाएका साहको आफन्त एवं दलका नेताहरूले ज्यान गुमाएका साहलाई सहिद घोषणा, मेयर कल्पना कटवालको राजीनामा, घटनामा गोली चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गङ्गा बहादुर थापालाई निलम्बन, मृतकको नाममा अस्पताल घोषणा गरि सालिक बनाउनु पर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्