राष्ट्रियसभामा सिट संख्या मिलाउन दलहरुलाई फलामको चिउरा, कांग्रेसको १३ सिटमा दाबी पेश
काठमाडौं , २१ पुस । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्या मिलाउन दलहरुलाई फलामको चिउरा चपाउन जस्तै सकस परेको छ । सत्तारुढ गठबन्धन मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् ।
शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४(४ सिटमा दाबी गरेका छन् ।
‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने काम भयो, अब दिउँसो ४ बजे चार दलको र ५ बजे सरकारमा सहभागी अन्य दलसहितको बैठक बस्छ’, स्रोतले भन्यो, ‘आजै, नभए भोलिसम्म कुरा मिल्न सक्छ ।’ यसले गर्दा सत्ता गठबन्धनमो धरै सकस भएता पनि छिट्टै टुंगोमा पुग्ने नताहरुले दावी गरेका छने । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि १९ वर्ट सिटमा उम्मोदवार।ी दिने जनाएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने प्रयास गरेता पनि त्यो सफल नहुँदा एमालेले सबै सिटमा उमेदवारी दिने भएको हो ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्