कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

काठमाडौं २१, पुस । नेपाली कांग्रेसको आज बस्ने भनेको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको थियो ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैनन् । भागबन्डाको कडा मोलतोल भएको भईरहेको भित्रि खबरहरु आइरहेको छ ।

यता एमालेले भने चुनाव हुने सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्