आँखुखोला जलविद्युत कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २० पुस। आँखुखोला जलविद्युत कम्पनीको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीले शुक्रबार बैभव पार्टी प्यालेस मैतीदेवीमा भव्य र सभ्यरुपले साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले सामान्य र विशेष प्रस्ताव पारित गरेको छ ।

सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्