एमालेका अध्यक्ष ओली र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, २० पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको जनाएको छ । सहकारी विवादमा मुछिएका रवि लामिछाने यो भेटलाई अर्थपूर्ण रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्