आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौ, १९ पुस । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ ब्जे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल पर्यटन बोर्डको वार्षिक कार्यक्रम, हाल भइरहेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट हालसम्म भए गरेका कामकारवाहीको अवस्था, खाद्यान्न लगायतका आत्यावश्यकीय उपभोग्य वस्तुको मौजुदा अवस्था, माग र आपूर्तीको अवस्था, दुर्गम क्षेत्रमा वितरणको अवस्था, किसान र उद्योगहरूबाट उत्पादन भएका अत्यावश्यक वस्तुको खरिद गर्ने र भण्डारण गर्ने सम्बन्धमा, जनशक्ति व्यवस्थापन, चालु आ।व।को बार्षिक बजेट, कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल हुनेछ ।

साथै प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रबाट भएगरेका कामकारबाही, देखिएका समस्या, र समाधानका उपाय सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा खानेपानी मन्त्रालयस गृह मन्त्रालयस ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयस परराष्ट्र मन्त्रालयस भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयस वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको नागरिकता तथा कानूनी अधिकार सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै आज बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था ९प्रत्यायोजित विधायन० र सरकारी आश्वासन कार्यान्वयनका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्