दुराहरूको सांस्कृतिक ‘पर्व म्हेपु नकुमा’ सम्पन्न

काठमाडौंँ । दुराहरूको सांस्कृतिक ‘पर्व म्हेपु नकुमा’ सम्पन्न भएको छ । दुराहरूको सांस्कृतिक ‘पर्व म्हेपु नकुमा’ सम्पन्न काठमाडौंँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले दुराजातिको नयाँ वर्ष ‘म्हेपु नकुमा'(खाजा खानेपर्व)को एक समारोहबिच दीप प्रज्ज्वलन गरेर शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे ।

यसैक्रममा उहाँले “अल्पसङ्ख्यक दुराको सम्मान गर्ने तरिका किरातीजातिसँग मिल्दोजुल्दो रहेछ ।यसकारण दुरा र किरातीहरूको इतिहास र संस्कृतिबारे तुलनात्मक खोजअनुसन्धान हुनुपर्नेमा जोडदिनुभएको थियोे ।अब दुराजातिको इतिहास अरूले नभएर दुराजातिले नै लेख्नुपर्छ । हिजो इतिहासमा शाहवंशलाई राजाको रूपमा उभ्याउन सफल दुरालाई तिनीहरूले ऋण तिरेकी तिरेनन,त्यसको हिसाबकिताब ऐतिहासिक , प्राज्ञिक,सांस्कृतिक र भाषिक दृष्टिकोणले मूल्याङ्कन गर्दै अघि बढ्न उहाँले सुझाव दिनुभएको थियोे ।

यसैक्रममा दुराहरूको भाषा पनि सङ्कटापन्न अवस्थामा रहेको छ ।भाषा मर्नु भनेको सम्पदा मर्नु हो ।आफ्नो जातिको इतिहास र सभ्यता सिद्विनु हो । त्यसैले दुराहरूले आफ्नो भाषामा जागरण ल्याउनुपर्ने”मा कुलपति राईले जोड दिनुभएको थियोे ।

यस कार्यक्रममा दुराडाँडा सेवा समाजका अध्यक्ष देवीप्रसाद न्यौपाने,श्रीकान्त अधिकारी प्रतिष्ठानका सचिव देशबन्धु अधिकारी ,दुरा सेवा समाजका केन्द्रीय सल्लाहकार डा.दुर्गाबहादुर दुरा ,दुरा महिला समाजका केन्द्रीय अध्यक्ष नरमाया दुरा र मादी मर्स्यादिङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणबहादुर अधिकारी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियोे ।

यसैगरी दुरा समाजका केन्द्रीय अध्यक्ष सुरेशकुमार दुराले आफ्नो समापन मनतव्यका क्रममा ५, ८८१ जना(पाँच हजार आठ सय एकासी )मात्र जनसङ्ख्या रहेको अल्पसङ्ख्यक दुराजातिको पर्व ‘म्हेपु नकुमा’ लाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिँदै सरकारी पात्रोमा उल्लेख गर्नुपर्ने र दुराजातिको खोजअनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोडदिनुभएको थियो । यस कार्यक्रमको स्वागत मनतव्य दुरा सेवा समाज काठमाडौँ उपत्यकाका उपाध्यक्ष मनबहादुर दुरा र दुरा सेवा समाज काठमाडौँ उपत्यकाका सचिव ज्ञानबहादुर दुराले उद्घोषण गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्