भैरहवामा राप्रपा शीर्षनेताहरु र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटघाट

काठमाडौं, १८ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।

पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार रातारात भैरहवा पुगेका थिए ।

बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्