‘खोक्पा’ कथासङ्ग्रहको लोकार्पण सम्पन्न

काठमाडौँ । आख्यानकार तथा गीतकार डीआर (दिनेशकुमार राई)द्वारा रचित कथासङ्ग्रह ‘खोक्पा’क‍ो लोकार्पढा भएको छ । पेज टर्नर प्रालिले प्रकाशन गरेको खोक्पाु कथासङ्ग्रहको लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ुखोक्पाुकथासङ्ग्रहको लोकार्पण काठमाडौँको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा गर्नुभएको थियोे । यसैक्रममा उहाँले कथाकार डीआरका कथाले जातीय सौन्दर्य र संस्कृतिलाई खोतल्ने प्रयास गर्नु आफैँमा महत्त्वपूर्ण कुरो भएको बताउनुभयो ।कुनै पनि राष्ट्रवादको मूल आयाम भूगोल नभएर मान्छे हो र त्यही मान्छे नै कथा हो भन्ने कुरा प्रष्ट्याउनुभयो ।

कार्यक्रमका अतिथिवक्ता पत्रकार हेम भण्डारीले ‘खोक्पा’ कथासङ्ग्रहले जनजातीय पहिचान, संस्कृति,  प्रकृति र विदेसिनु वा लाहुरे बन्नुको विवशताबारे कथाले बोलेको बताउनुभएको थियोे ।

यसैगरी कार्यक्रमका अतिथिवक्ता महेश पौड्यालले डीआरको ‘खोक्पा’ कथालाई आञ्चलिक विषयवस्तु र सामयिक मूल्यबोधको कसीबाट हेर्नुपर्ने बताउनुभएको थियोे ।

यस कार्यक्रममा समालोचक निमग्ना घिमिरेले कथाले प्रकृति र जीवनको सम्बन्ध र विदेसिने मानिसको मनोविज्ञानलाई चिरफार गरेको बताउनुभएको थियोे ।
यसैगरी कथाकार डीआरले ‘खोक्पा’ कथासङ्ग्रहलाई तटस्थढङ्गले समालोचकले आफ्नो दृष्टिकोण राखिदिन आग्रह गर्नुभएको थियोे ।
प्रकाशन कम्पनिका अध्यक्ष भुवनहरि सिग्देलले हामी बाँचेको समाजका विविध आयाम नै कथा भएकाले डीआरको ‘खोक्पा’ पनि त्यही कोटीमा रहेको बताउँदै कार्यक्रमको समापन गर्नुभएको थियोे । यस कार्यक्रमको उद्घोषण महेश कार्की (क्षितिजु)ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्