उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात, तराईमा हुस्सु
काठमाडाशे. , १७ पुस । काठमाडौंमा चिसो बढ्दै गएको छ । तराईका भुगामा हुस्सु लागेको छ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट बच्नको लागि सबैलाई वशैष ख्यान गर्न नेपाल सरकारले आग्रह गर्र्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्