माइतीघरबाट सामान्य प्रशासन मन्त्री पक्राउ

काठमाडौं १६, पुस । प्रहरीले माइतीघरमण्डलबाट सामान्य प्रशासनमन्त्री अनिता देवीलाई नियन्त्रणमा लिएको छ ।
धोती दिवस मनाउन माइतीघरमण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरुलाई पनि पक्राउ गरेको थियो । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी हुन् ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । सोहि स्थानमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका नेताहरुलाई पक्राउ गरेको हो ।

आजै साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्