भूकम्पपीडित बिरामी बढ्दै, स्वास्थ्य संस्थामा सिटामोल समेतको अभाव

काठमाडौं १५, पौष । जाजरकोट त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो । आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्यु भयो ।

मंसिर १७ गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था थियो । बिहान बेलुकाको छाक टार्नै धौ–धौ भएकाले उचित उपचार पाउन सकिनन्। भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थिए, श्रीमान् गोपे सुनारले भने, सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो । ठीक भइहाल्छ होला भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लागे ।

स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको , स्रोतसाधन र दक्ष डाक्टरको अभाव भएका त्यस्ता ठाँउमा लगे पनि राम्रोसँग उपचार नहुने गरेको उनले गुनासो गरे । सुविधासम्पन्न अस्पताल लैजान पैसाको अभाव थियो । त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लागे । ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका उनले भने, भूकम्पपछि काममा पनि जान पाएको छैन । घरमा खानेकुरा पनि केही छैन । मेरो त बिजोग भयो अव अगाडि जिवन कसरी बढाउने दुविधामा छन् ।
त्यस्त चिसोकै कारण यस अघि जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ । रुकुमपश्चिममा ५ जना गरी ३५ जना भूकम्पपीडितको निधन भइसकेको छ । धेरैजसो निमोनिया र दमका रोगीहरूको निधन भएको स्वास्थ्यकर्मी बताउँछन्। चिसोले गर्दा निमोनिया र दमका रोगीलाई निकै असर गरिरहेको उनीहरूको भनाइ छ ।

चिसोका कारण जिल्लाभर श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेका छन्। नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको संख्या बढेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ। भूकम्पपछि त्रिपालको बसाईले चिसोका बिरामी बढ्दै गएको बताए । चिसोबाट बिरामी भएर दैनिक १ सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको चनाराले बताए ।

अरू ठाउँमा भन्दा नलगाडमा बिरामीको चाप निकै बढेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा करिब ४ सयको हाराहारीमा चिसोका बिरामी उपचारका लागि आउने गरेको छन् । पखाला, निमोनिया, दम र रुघाखोकीले धेरै भूकम्पपीडितलाई सताएको छ । उपचारको व्यवस्था मिलाइरहेका छौं त्यहाका जनप्रतिनिधीहरु ब्ताउछन् ।

जाजरकोट बिकट गाँउ जहाँ औषधिको नाममा सिटामोल सम्म छैन । जुनीचाँदेका कुनै पनि स्वास्थ्य संस्थामा औषधि छैन । जुनीचाँदेका ११ वटै स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचार सेवा प्रभावित भएको छ। उपचारका लागि आउने बिरामी रित्तै फर्कन बाध्य छन्। पालिकाले बुधबार मात्र औषधिका लागि टेन्डर गरेको छ । जुनीचाँदेबाट सिटामोल, जीवनजल, बालभिटा, एल्वेन्डाजोल, मेट्रोनिराजोल लगायतका औषधि अभाव छ ।

स्वास्थ्य शाखाको लापरबाही र जनप्रतिनिधिको उदासीनताका कारण समयमा औषधि खरिद र आपूर्तिको काम हुन नसकेको हो । जसको मारमा भूकम्पपीडित छन्। जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको संख्या ३५ हजार १ सय ४० छ । त्यसमध्ये अस्थायी आवासका लागि पहिलो किस्ताको रकम ९ हजार ३ सय २५ घरधुरीले मात्र पाउन सकेका छन्। रकम पाउन नसक्दा अहिलेसम्म जाजरकोटमा एकाधबाहेक अस्थायी आवास निर्माण हुन सकेका छैनन्। मानिस अहिले पनि पुसको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा रात कटाउन बाध्य छन्।

भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । यही पुस ४ गतेदेखि सुरु गरिएको खोप अभियानलाई सरकारले जाजरकोट र रुकुमपश्चिममा १४ गतेसम्म निरन्तरता दिने भएको छ । तर यो त्यहाँको भयावह अवस्था अनुसार प्रयाप्त छैन ।

 

प्रतिक्रिया दिनुहोस्