दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं १५, पौष । बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर भएको जनाइएको छ ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार हालसम्म दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन ।

बसमा करिब ३०र३५ जना यात्रु सवार रहेका थिए । जसमा १५र२० जना घाइते भएका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसै गरि २ जना गम्भिर घाइते छन्। घटनाको पूर्णविवरण आउन बाँकी छ ।

यात्रुहरु बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस्