‘तमु ल्होसार’ पर्व आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदै

काठमाडौँ, १५ पुस। गुरुङ समुदायले विशेष पर्व ‘तमु ल्होसार’ पर्व आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले आप सार्वजनिक बिदा समेत दिएको छ । गुरुङ्ग समुदाको यो पर्वलाई हर्षउल्सापूर्वक मनाउनको लागि राष्ट्रपति,उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्