भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त

काठमाडौं १२, पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।

उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए ।

हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको कारागारका एक अधिकारीले बताए । रिजालले आफूले यो मामलालाई बाहिर ल्याउन भूमिका खेल्नेमध्येका समेत हुन् ।

४ जेठमा उनी आफै पक्राउ परेका थिए । पहिले सरकारी साक्षीका रुपमा बोलाएर छाडिएको थियो । तर, दोस्रो पटक फेरि कागजातमा हस्ताक्षर गर्न भन्दै बोलाएर आफूलाई पक्राउ गरिएको उनी बताउँछन् । अदालतमा मुद्दा अझै विचाराधीन रहेकाले यो प्रकरण टुंगोमा पुगेपछि यसबारे सार्वजनिक रुपमा बताउने रिजाल सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्