गठबन्धन झनै बलियो भएको प्रधानमन्त्री प्रचण्डको दावी

काठमाडौं, ११ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् ।

गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ तपाईहरु यो नसोच्नु होला गठबन्धन कमजोर छ भने, त्यो सोच्नु भएको छ भने गलत हुन्छ।’

गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताए । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपराएको प्रधानमन्त्री प्रचण्डले बताए । यो सरकाले जनतालाई अनुभुति हुने गरि काम गरेको समेत उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्