अध्यादेश मार्फत भए पनि संघीयता कार्यान्वयन अघि बढाउनुपर्ने समाजवादी मोर्चाको सुझाव

काठमाण्डौ, ११ पुस । सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पादै अघि बढेको समाजवादी मोर्चाको ठहर छ । संघीयता राम्रोसँग लागू गर्ने नै हो भने सरकार अझै दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्