आजको मौसमको अवस्था के कस्तो छ त ?

काठमाण्डौ, ११ पुस । आजको मौसमको अवस्था के कस्तो छ त भन्ने कुराको जिज्ञासामा काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम धुम्म भएको छ । बादल लागेर बिहानपख मौसम धुम्म भए पनि बिस्तारै घाम लाग्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि न्यूनतम तापक्रम र अधिकतम तापक्रम भने घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । तापक्रम घट्नेक्रममा रहेकाले चिसो अझ बढ्नेछ ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहनेछ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाँउमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । सबैलाई मौसम अनुसार न्यानो भई बस्ने आग्रह छ । चिसोदिनप्रतिदिन बढ्दै गएको छ । , वृद्ध, बाबालीकालाईचिसोबाट बचाउन अति नै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्