बालुवाटारमा समाजवादी मोर्चाको बैठक, पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी

काठमाडौं, ११ पुस। प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसेको छ ।

अदालतको पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी भएका छन् ।

बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको स्रोत जनाएको छ ।

बैठकमा विप्लवसँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन् ।

यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु बैठकमा सहभागी छन्। यो बेठकले के निष्कर्ष निकाल्छ भन्दा पनि समसामयिक रानीतिक अवस्थाअ रअवको रणनीीतको बारेमा बैठक केन्द्रित हुने नतोहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्