नेपाली समाजमा हिनतावोध र नकारात्मकताको डढेलोले ग्रस्त : प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं, १० पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हिनतावोध र नकारात्मकताको डढेलोले ग्रस्त भएको बताएका छन् । उनले सरकारको एक वर्ष कार्यकालको समिक्षा सहित देश बासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशबासीलाई सम्बोधन गरेका उनले सकिँदैन, हुदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताए ।

उनले आफैतिर भएको उज्यालोलाई नदेख्ने तर अन्यत्र खोज्जे प्रवृत्ति भएको उनले आरोप लगाए ।
एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो रु के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ? उनले यसले देश र जनतालाई निरास नबनाउन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्