क्रान्तिकारी कम्युनिस्ट पार्टीको कार्यक्रममा कुर्ची हानाहान

काठमाडौं, १० पुस। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजिज कार्यक्रममा कुर्ची हानाहान भएको छ । माओ दिवसको अवसरमा रत्नपार्क शान्ति बाटिकामा आयोजित क्रान्तिकारी युवा संगठनले आयोजना गरेको वृहत लाल मार्चपासका कारण सडक अवरोध भएपछि प्रहरीले बाटो खुलाउन खोज्दा लफडा भएको हो ।

प्रहरीले सडक खुलाउन खोज्दा कार्यक्रममा सहभागी युवाहरूले अवरोध गरेका थिए । सोक्रममा प्रहरीसँग कुर्सीसमेत हानाहान भएको छ । केही समय कार्यक्रम बिथोलिएको थियो । तर पछि स्थिति सामान्य बनेपछि वैद्यदले कार्यक्रमलाई सम्बोधन गरे ।

प्रतिक्रिया दिनुहोस्