काठमाडौं-तराई फास्ट ट्रयाकमा फेरिए आयोजना प्रमुख

काठमाडौं १०,पौष । सेनाको जंगी अड्डाले सोमबार कमलविक्रम शाहका ठाउँमा सहायक रथी विकास पोखरेललाई नियुक्त गरेको हो । पोखरेलले यसअघि पनि फाष्ट ट्रयाक आयोजनाको प्रमुखका रुपमा काम गरिसकेका छन् ।

निर्माणमा ढिलाइबारे केही दिनअघि संघीय संसद्को संसदीय समितिमा समेत प्रश्न उठेको थियो । त्यसपछि प्रधानसेनापति प्रभुराम शर्माले फास्ट ट्रयाक आयोजना प्रमुख परिवर्तन गरेका हुन् ।

२०७८ जेठबाट मात्रै काम सेनाले जिम्मा लिएर निर्माणको सुरु गरेको थियो । लगभग ७० किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति हालसम्म २८ प्रतिशत मात्रै छ । भौतिक प्रगाति अतिनै निरासाजनक रहेको यस आयोजनाको करिब ७२ प्रतिशत काम अबको तीन वर्षमा सकि सक्नु पर्ने सेनामाथि दबाब छ ।

 

प्रतिक्रिया दिनुहोस्