मध्यरातमा वीरेन्द्र चोकमा नै राजा वीरेन्द्रको सालिक ठड्याइयो

पोखरा, ९ पुस । पोखराको वीरेन्द्र चोकमा मध्यराति नै भए पनि स्व. राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर सालिक ठड्याइएको हो ।

करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।

त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । ‘समिति धेरै पटक पुनर्गठन भयो । अहिले मात्र सम्भव भयो,’ उनले भने । अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्