बाघको आक्रमणबाट सासूबुहारीको मृत्यु
काठमाण्डौ, ९ पुस । बाघको आक्रमणबाट सासूबुहारीको ज्यान गएको छ । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका, १ को विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । बाघको खोजी भइरहेको उनले बताए । बाघले टाउकोमा आक्रमण गरेर मारेको छ । हात खुट्टा पनि घाउचोट लागेका छ ।
प्रतिक्रिया दिनुहोस्