मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए 

सिन्धुली, ९ पुस । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के.सी. नेतृत्वको टिम परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्