प्रधानन्यायाधीश भने– के यही हो कर्मचारीको तरिका ?

काठमाडौँ, ८ पुस। सरकारी वकिलहरूलाई गाली गर्दै कर्मचारीको तरिका यही हो भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आपत्ति जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाएका हुन् ।

प्रमुख अतिथिका रूपमा उपस्थित प्रधानन्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाउँदै कर्मचारीको व्यवहारप्रति प्रश्न गरेका हुन् ।

प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको ? प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस् । कर्मचारीको के तरिका हो यो ? अनुशासन भन्ने हुँदैन ?’

कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको थियो ।

यस्तो छ प्रधानन्यायाधीश श्रेष्ठको लिखित भाषण

म सबैलाई न्याय गर्छु तर न्यायापालिका सञ्चालन गर्ने व्यक्ति दक्ष भने हुनैपर्छ । न्यायाधीश नियुक्तमा म सबैलाई न्याय गर्ने कोशिस गर्छु ।

गोपालकृष्ण घिमिरे, अध्यक्ष नेपाल बार एसोसिएसन निर्दोषले सजाय नपाउन्, दोषी नउम्किउन् । फौजदारी न्याया मर्यो भन्ने धेरै सुनिन्छ । सानातिना मुद्दाका पनि अभियोजन गरेर दुःख दिने गरिएको छ । कम्तीमा १ प्रतिशत बजेट न्यायक्षेत्रमा छुट्याइदिनोस् ।

वकिलहरूको अवस्था खराब छ । अब कर नतिर्ने वकिलको लाइसेन्स रिन्यु हुँदैन । यस वर्ष कानुन व्यवसायीले १ अर्ब कर तिरिसकेका छन् । न्यायाधीश सिफारिस र नियुक्ति गर्दा त्यो साझा चौतारी भएकाले सबैको अधिकार हो भन्ने ध्यान होस् । वकिलबाट न्यायाधीश बनाउने कुरा गिफ्ट होइन, हक हो ।

न्यायालयमा न्यायाधीश लैजाँदा जजेज कोर्ष गराएर मात्रै कानुन व्यवसायी वा अन्यबाट लैजाँदा त्यसो गरौं । आजै विशिष्ट श्रेणीबाट दुइजना न्यायाधीशमा नियुक्त हुँदा कम्तीमा एकजना महान्यायाधिवक्ता कार्यालयबाट पनि गरिदिनुभएको भए हामी आभारी हुने थियौँ । आगामी दिनमा तपाईंले भनेजस्तै न्याय दिनुहुनेछ भन्ने अपेक्षा राख्दछु ।

प्रतिक्रिया दिनुहोस्