लालबहादुर कुँवर र निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ, ८ पुस। न्याय परिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।

आज बसेको बैठकले कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

परिषदको सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतका न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्