भारतीय राजदूत पुरी र प्रदेश २ का मुख्यमन्त्री राउत बीच शिष्टाचार भेट

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारतीय राजदूत मंजीव सिंह पुरी बीच शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ भेटघाट भएको हो । करिब ४५ मिनेट चलेको भेटघाटको क्रममा भारतीय राजदूत पुरीले मुख्यमन्त्री राउतलाई बधाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा जानकी मन्दिर दर्शन र जनकपुर आउने बारे विषयमा भारतीय राजदूत पुरीले जानकारी गराएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल भ्रमणमा आउन लागेका मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय पक्षका अधिकारीबीच छलफल भएको हो ।

जनकपुर स्थित जानकी मन्दिरको दर्शन र सम्बोधन गर्ने स्थान, सुरक्षा अवस्था र भ्रमणको तयारी गर्न १८ सदस्सीय नेपाल स्थित भारतीय दुतावासका अधिकारी र गृह मन्त्रालयका अधिकारीको टोली जनकपुरमा आइतबार स्थलगत अध्ययन गरी फर्केको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

नेपाल भारत मामलाका विज्ञ तथा अर्थशास्त्री हरिबंश झा ले भारतिय प्रधानमन्त्री मोदी जनकपुर आउनु सुखद कुरा रहेको बताए । उनले मोदीको भ्रमणले जनकपुरको विकास र यसको महत्व अझै बढ्ने  बताए ।

प्रतिक्रिया दिनुहोस्