कृषकलाई मालिक बनाउने अभियानमा जेटा फार्म

काठमाडौँ, ५ पुस । बाँझो खेतलाई उर्वर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानकासाथ नेपालमा पहिलो पटक जेटा फार्म सञ्चालनमा आएको छ ।

कृषिलाई व्यवसायीकरण गर्न कठिन भएको, लगानी योग्य रकमको अभाव र जोखमि न्युनिकरणको लागि पनि सिप क्षमता नभएका कारण वैदेशिक रोजगारीका लागि युवाहरु पलायन भएको अवस्थामा किसानलाई महलम पट्टी लागाउन जेटा फार्मले कृषकलाई मालिक बनाउने परीयोजना ल्याएको छ ।
यो परियोजनाले कृषियोग्य भूमिहको माटो प्रदुषण्म हुँदा किसानलाई कर्षभरि काम गेता पनि खान लगाउन धौ÷धौ भएको अबस्था छ ।

यहाँको कृषिप्रधान देश भनेर चिनियता पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट पलायन भइरहेको अवस्था छ । नेपाली भूमिलाई पुनःकृषिमैत्री बनाउनको लागि जेटा फार्म परियोजनाको सुरुवात गर्न लागिएको हो ।

जेटा फार्म एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । भारतीय नागरिकको अधिकतम् लगानीमा विदेशी साझेदारकोसमेत संलग्नता रहेको यस परियोजनाले १४ देशमा लगानी गरिसकेको छ । जसले गहुँ, चामल, तरकारी, फलफूललगायतको उत्पादन गरिरहेको छ ।

नेपालमा भने यस परियोजनाले गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं.७ मा करिब १ हजार रोपनी जग्गामा लगानी गर्ने योजना बनाएको छ । २० बर्षको लागि सम्झौता गरिएको सो क्षेत्रमा आलु, प्याज, काउली, ब्रोकाउली, मास, लिची जस्ता कृषिजन्य उत्पादन गर्ने लक्ष्य रहेको परियोजनाका नेपाल प्रतिनिधि राजेन्द्र श्रेष्ठले बताए । त्यस्तै, परियोजनाले तनहुँ जिल्लाको भानु नगरपालिकामा पनि २ अर्ब रुपैयाँ लगानी गर्ने योजनासहित कृषकहरुसँग छलफल गरेको छ । गत पौष २ गते भएको छलफलमा भानु नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीसहित कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैबीच, परियोजनाका प्रबन्ध निर्देशक ऋतुराज शर्माले आफूहरु नेपालमा ठूलो लगानीभित्र्याउनका लागिउत्साहित रहेको भन्दै त्यसको लागि स्थानीय सरकारले सहजीकरण र किसानहरुले जग्गा उपलब्ध गराएमा तत्कालै माटो परीक्षण गरि कार्य अगाडि बढाउने बताए । उनले किसानहरुले जग्गा भाडामा उपलब्ध गराउँदा किसानको क्षमताअनुसार र नेपाल सरकारको नियमअनुसार रोजगार उपलब्ध गराउने र किसानले चाहेमा आफैं मालिकबन्ने अवसरसमेत सिर्जना गराइदिने बताए । परियोजनाले फार्ममा काम गर्ने कृषकको स्वास्थ्य बीमा तथा सञ्चयकोषकोसमेत सुविधा उपलब्ध गराउनेछ । किसानले लगानी गरे पनि घाटा भने व्यहोर्न नपर्ने गरि परियोजना सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ ।

परियोजनाबाट कृषकहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने, उनीहरुको सिप र आम्दानी बढाउने, बाँझो खेतलाई उर्वर बनाउन मद्दत पु¥याउने तथा कृषि क्षेत्रको विकास र विस्तार गर्न योगदान पुग्ने हुनाले नगरपालिका र यस क्षेत्रका कृषकहरुले परियोजनाप्रति सकारात्मक धारणा बनाएको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले बताए ।

किसानहरूका लागि पेन्सन कोषको सुरुवातसँगै थुप्रै सुविधाहरू समावेश गरेको यस परियोजनाले भारतको राजस्थान र महाराष्ट्रबाट अवार्ड समेत प्राप्त गरिसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्