एचआईडीसीएलको नगद लाभांश घोषणा

काठमाडौं, ४ पुस। जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

सरकार र सर्वसाधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १७ गतेसम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्