माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं, ४ पुस। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षे कार्यकालको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियानलगायत विषयमा छलफल हुने पार्ठीले जनाएको छ । बैठकले यी विषयहरुमा छलफलपछि निर्णय हुने बताइएको छ ।

मंगलबारको बैठकमा ती विषयमा छलफल मात्र भएकाले आज निर्णय हुने नेता देव गुरुङ्गदले जानकारी दिए ।
यो बैठक अति नै महत्वपुर्ण समेत भएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्