काठमाडौंको केहि स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने
काठमाडौं, ४ पुस। आज काठमाडौंको केहि स्थानहरुमो विद्युत आपूर्ति बन्द हुने भएकोछ । काठमाडौंका केही ठाउँमा फरक/फरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको नेपाल विद्युत प्राधिरकरणले जनाएको छ । काठमाडौं महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम तिव्र रुपमा भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुने जनाएको छ । ।
मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ । यसले उपभोक्ताहरुलाई धैरै समस्या पर्न सक्छ र विद्युत आउने तालिका हेरेर काम गर्नुपर्ने हुन्छ ।















प्रतिक्रिया दिनुहोस्