अमेरिकी र भारतीय शेयर बजार पछ्याउदै नेप्से, ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं ३ पौष । मंगलबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
अमेरिकी र भारतीय शेयर बजारमा तेजी आए पछि नेपालको शेयर मार्केट निरन्तर ओह्रालो लाई ब्रेक लगेर नेप्सेले ५ महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

यस दिन नेप्से परिसूचक ४५.९८ अंक बढेर २१०६.४८ विन्दुमा पुगेको छ । यो करिब ५ महिना यताकै उच्च हो । यस अघि गत साउन ११ गते नेप्से परिसूचक २१२६.४८ विन्दुमा रहेको थियो । यस दिन सेन्सेटिभ इण्डेक्स ७.०५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४८ अंक बढेको छ ।

यस दिन ३१३ स्टकको ९९ हजार ६४१ पटकको कारोबारमा ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट् शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३७ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन सोल्टी होटलको साढे २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ । कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्