एमालेको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज चिवाभञ्ज्याङमा पुगेर समापन हुँदै

काठमाडौँ, १ पुस। नेकपा एमालेको मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ । सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज चिवाभञ्ज्याङमा पुगेर समापन गरिने भएको हो ।

शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।

३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ । यसले एमालेलाई जनतासँग सम्बन्ध जोड्न प्रभावकारी भएको नताहरुले बतानएका छन् ।

प्रतिक्रिया दिनुहोस्