जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित छैन: माले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको बताएका छन्।

एमालेको झुलाघाट(चिवाभन्ज्याङ संकल्प यात्राका क्रममा शनिबार तेह्रथुम पुगेका गुरूङले संकल्प यात्राका क्रममा राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित नभएको पाइएको बताएका हुन्। उनले नागरिकमा एमालेको क्रेज अत्यधिक रहेको दाबीसमेत गरे।

‘काठमाडौंतिर अहिले हल्ला छ। राजतन्त्र फर्किने हल्ला। त्यो राजतन्त्रको पक्षमा मानिसहरु देखिएन। एमालेप्रति क्रेज देखियो,’ उनले भने। संकल्प यात्राको क्रममा जनताको घर(घर पुग्दा नयाँ भनिएका दलहरू प्रति पनि खासै क्रेज नदेखिएको गुरूङले बताए।

एमाले संघीयता विरोधी भनेर दुष्प्रचार गरिन खोजिएपनि जनताले नै त्यसलाई खण्डन गरेको उनले बताए। ‘संघीयताको पक्षधर भनिएकाहरुले एमाले संघीयता विरोधी भनेर जुन खालको प्रश्न गर्न खोजिएको थियो, त्यसमा पनि जनताको प्रश्न देखिएन । एमालेमाथि जुन खालको आरोप लागेको थियो, त्यसको खण्डन जनताले यही यात्रामार्फत दिएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्