विवाहपञ्चमी महोत्सव: आज राम र जानकीको मटकोर गरिंदै

काठमाडौं, ३० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर गरिंदैछ । आज दिउँसो १ बजे जनकपुरको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मटकोर गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए ।

बाजागाजासहित भव्य रुपमा गंगासागरमा राम र जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।
मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् ।

मटकोटर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सयोम्बर र विवाहको काज हुने छ ।

मंसिर २६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ । आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन आइतबार राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्