कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त हुनुभएको छ । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गर्नुभएको छ । करिब १७ वर्षको बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गर्नु भएको छ ।

उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडी साग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहनुभएको थियो ।

सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्