फागुन ७ गतेदेखि १० सम्म कांग्रेसको महासमिति बैठक

काठमाडौं, २९ मंसिर । फागुन ७ गतेदेखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक हुने भएको छ । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठक यसअघि पुस १६ देखि १९ सम्म गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो । योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो ।

प्रतिक्रिया दिनुहोस्