कांग्रेसले केन्द्रीय समिति बैठक पुस १२ मा बोलायो

काठमाडौं २९, मंसिर । नेपाली कांग्रेसले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो

केन्द्रीय समिति बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन तथा महासमिति बैठकका एजेन्डाबारे छलफल हुने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने भनिएको महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय गरेको थियो ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि एक महिना अगावै पुस ११ गते चुनाव हुँदैछ । फागुन २० गते कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

प्रतिक्रिया दिनुहोस्