बालकृष्ण खाणको सुनुवाइ सकियो, आदेशको तयारी

काठमाडौं, २८ मंसिर । पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हो । खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

निवेदनमाथि सुनुवाइ न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो ।

सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्