माओवादी केन्द्रद्वारा पदाधिकारी बैठक आव्हान

काठमाडौं, २८ मंसिर । पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रले बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गरे ।

विशेष निर्णय हुनसक्छ ‘अब बस्ने पदाधिकारी बैठकबाट । सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा गम्भीर छलफल गर्छौं’, बैठकबारे जानकारी दिँदै भने ।

माओवादी विशेष रूपान्तरण अभियान भदौ १६ देखि सुरु भएर आगामी पुस १६ गते सकिँदैछ । प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ । पछिल्लो एनसेल प्रकरणमा सरकार आलोचित भएको छ । मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म समायोजन समिति गठन भएको छैन । रूपान्तर अभियानको समय थप हुँदा मङ्सिरमा हुने भनिएको विधान सम्मेलन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्