काठमाडौंमा यस वर्षकै सर्वाधिक चिसो दिन आज

काठमाडौं, २७ मंसिर । काठमाडौंमा आज यस वर्षकै सर्वाधिक चिसो रहेको छ । जल तथा मौसम पुर्वानुमान महाखाशाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५।७ डिग्री सेल्सियस रहेको छ । यस्तै, अधिकतम तापक्रम १८.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको र बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। नेपालमा यो सबै पश्चिमी वायुको प्रभावले हो ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पुर्वानुमान गरिएको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहे पनि भोलि कोशी प्रदेश लगायत देशका अन्य पहाडी भागमा आंशिक बदली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्