संसदीय दलको नेता शेखरलाई बनाउनु पर्छः गगन थापा

काठमाडौं, २७ मंसिर । पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन हाम्रो समूह एकढिक्का भई लाग्नुपर्ने कुरा बुधबार शेखर–गगन पक्षको भेलामा सहभागी एक नेताले बताए ।

‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भने, ‘समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं’, थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्