पुस १३ गते हेटौंडामा संघसँग छिनोफानो गर्न मुख्यमन्त्रीहरुको भेला

पोखरा, २७ मंसिर । संघ सरकारसँग छिनोफानो गर्न हेटौंडामा संघीयता कार्यान्वयनका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आउँदो पुस १३ गते मुख्यमन्त्रीहरुको बैठक हुने भएको हो ।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्