स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस: “सबैको स्वास्थ्यका लागि आजै जुटौं”
काठमाडौं, २७ मंसिर । हरेक वर्ष डिसेम्बर १२ मा स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइने गरिन्छ । यो दिगो विकास एजेण्डा
२०३० अन्तर्गत कसैलाई पछि नछाडौँ’ भन्ने मूल यो दिवस मनाइंदै छ । दिगो विकास एजेन्डा २०३० ले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा स्वीकार गरेको छ र सोहीअनुसार कुनै आर्थिक कठिनाइविना सबैल गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच पाएका सुनिश्चित गन स्वास्थ्यमा
सर्वव्यापी पहुँच हुनुपने कुरामा जोड दिन्छ (दिगा विकास परिलक्ष्य ३.८) । स्वास्थ्यमा सर्वव्यापी पहुँच भन्नाले सबै मानिसको आफूले चाहेको बेला, चाहेको ठाउँमा कुनै आर्थिक कठिनाइविना आफूलाई चाहिएका सबै प्रकारका गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच हुनु भन्ने हो । यसले जीवनको चरणवद्ध पद्धतिमा आधारित भई प्रवद्र्धनात्मक, निवारणात्मक, उपचारात्मकदेखि प्रशामक सेवासम्मका अत्यावश्यक स्वास्थ्य सेवाहरूको पूर्ण निरन्तरता दिनुपर्ने कुरालाई समेट्छ ।
सन्२०२३ को स्वास्थ्यमा सर्वव्यापी पहुँच अभियानको उद्देश्यहरू ः
-स्वास्थ्यमा सर्वव्यापी पहुँच अवस्थामा भएको प्रगति पहिचान गरी सोको उत्सव मनाउने ।
-सामाजिक तथा आर्थिक समृद्धिका लागि स्वास्थ्यमा सर्वव्यापी पहुँचको महत्वलाई राम्रोसँग
बुझाउन सचेतना अभिवृद्धि गर्ने ।
-नीति निर्माताहरूल स्वास्थ्यमा सर्वव्यापी पहुँचका सम्बन्धमा गरेका प्रतिबद्धताहरू पूरा गने
कार्यमा क्रियाशील गराउन सर्वसाधारण र नागरिक समाजलाई सशक्त बनाउने ।
स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका लागि यस वर्षका नारा “सबैको स्वास्थ्यका लागि आजैिेखि जुटौं भन्ने रहेको छ । यस नाराले हामीले चाहेको संसार निर्माणको दिशामा तत्काल र मूत कदमहरू चाल्नुपने आवश्यकता रहेका कुरामा जोड दिन्छ । यसल स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई अघि बढाउने क्रममा पछिल्लो एक दशकमा भएका प्रगति, चुनौती र अवसरहरूका बारेमा चिन्तन गर्न आह्वान गर्दछ । यस अभियानले हाम्रा नेतृत्व वर्गलाई अत्यावश्यक स्वास्थ्य सेवामा विना कुनै आर्थिक कठिनाइ समतामूलक पहुँचको प्रत्याभूति गर्ने नीतिहरू लागू गर्न आग्रह गर्दछ । साथै, यसल स्वास्थ्यमा सर्वव्यापी पहुँचका सम्बन्धमा संयुक्त राष्ट्रसंघको सेप्टेम्बर २०२३ मा बसेको दोस्रो उच्चस्तरीय बैठकका निष्कर्ष र यसले निर्धारण गरेको गतिलाई अघि बढाउनेछ । जलवायुसँग सम्बन्धित स्वास्थ्य चुनौतीहरू बढिरहेको अहिलेका अवस्थामा यस नाराल प्राथमिक स्वास्थ्य सेवालाई जगको रूपमा स्थापित गदै सबै मुलुकहरूल उत्थानशील एवं समतामूलक स्वास्थ्य प्रणालीमा लगानी गर्नु जरुरी रहेको कुरामा जोड दिन्छ । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस २०२३ को पाँचवटा उपनाराले देहायका विशेष कार्यहरू प्रस्तुत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्