आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं २६, मंसिर । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

दिउसो ४ बजे मन्त्रालयमा उद्योग मन्त्री रमेश रिजाल समक्ष राजीनामा पेश गरेका थिए । निगममा २१ महिना बिताएर कार्यकाल सकिन १५ महिना अगावै थानीले पदबाट राजीनामा दिएका हुन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्